झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

0
Shares

सनराइज बैंकले झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

हालसम्म सनराइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।