सफ्टवारिका कलेजमा टेक एक्सः एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै


काठमाडौँ । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि उत्सव ‘टेक एक्सः एलिभेट २०२५ को तेस्रो संस्करणको घोषणा गरेको छ। असार ३२ देखि श्रावण ३ गतेसम्म ४ दिन चल्ने यो विशेष कार्यक्रम कलेजकै परिसरमा आयोजना हुने जनाईएको छ ।

‘टेक एक्सः एलिभेट २०२५ ले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताका आयामहरूमा अभिव्यक्ति दिने १ उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ। यस पटकको संस्करण अझ व्यापक, अझ इनोभेटिभ र अझ प्रेरणादायी बन्ने आयोजकहरूले बताएका छन्।

यसमा प्रोजेक्ट प्रदर्शन: इनोभेसन इन एक्सन, २० भन्दा बढी रोबोटिक्स र एआई आधारित प्रोजेक्टहरू सार्वजनिकरूपमा प्रदर्शन गरिनेछन् । जसमा विशेषगरी करुणा– ज्ञानमा आधारित सहयोगी रोबोट, मिरा– शिक्षामा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट, वारदोग–सुरक्षा निगरानीका लागि डिजाइन गरिएको रोबोट, स्टडीसेन्स– भिआर आधारित शिक्षण सहायक, तोमात्रों – कृषिमा एआई प्रयोग गर्ने नवीनतम समाधान जस्ता विशेषता रहेका छन् ।

त्यस्तै, केम्लाब विआर ,फिसअवेर, एविलट्वीन डिटेक्टरएमल, सुरक्षित एभि स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्ज लगायत अन्य प्रोजेक्टहरूले पनि कार्यक्रमलाई समृद्ध बनाउनेछन्।

स्टार्टअप उत्सवमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० स्टार्टअपहरूले आफ्नो नवप्रवर्तन, सोच र व्यवसायिक मोडेलहरू प्रस्तुत गर्नेछन्। यसबाट नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखिनेछ।

२५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागितामा आयोजना हुने २ दिने रोजगार मेलामा सहभागीहरूले हजारौं अवसरहरूको प्रत्यक्ष पहुँच पाउनेछन्। स्नातकदेखि स्नातकोत्तरसम्मका विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर हुने अपेक्षा गरिएको छ।

उद्यमशीलता मास्टर कक्षा अन्तर्गत व्यवसाय सुरु गर्ने इच्छा राख्ने विद्यार्थीहरूका लागि स्थापित फाउन्डर, लगानीकर्ता र मेन्टरहरूको साथमा व्यावसायिक तालिम र प्रत्यक्ष पिच सेसनहरू सञ्चालन हुनेछन्।

इन्सपाएर टक्स नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू, जसले सहभागीहरूलाई फरक सोच्न र भविष्य निर्माणमा उत्प्रेरणा दिनेछन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।