महालक्ष्मी विकास बैंकद्वारा सोनाम तामाङ सम्मानित

0
Shares

महालक्ष्मी विकास बैंकले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनौं यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (¥याफटिङ गाइड) लाई सम्मान गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तामाङको साहासीक कार्यको कदर गर्दै पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो।

गत कार्तिक १७ गते आइतबार मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । तामाङले दर्जनौं यात्रीको उद्दार गरेका थिए । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।