आइएमई जनरल इन्स्योरेन्सले सुरु गर्यो घुम्ति बीमा सेवा

0
Shares

आइएमई जनरल इन्स्योरेन्सले आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यान मार्फत घुम्ती बीमा सेवा शुरु गरेको छ ।

बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम सेवा सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई आवश्यकता अनुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको हो ।

सेवाको शुवारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यका भित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने र घुम्ती बीमाबाट प्राप्त नतिजाको आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा श्रेष्ठले नियमनकारी निकायबाट घुम्ती बीमाको लागि मार्गदर्शन प्राप्त भएको साथै यस्तो सेवा प्रदान गर्दा कम्पनीले आफना ग्राहकहरुलाई घरदैलोमानै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने र शाखा रहित भएको हुनाले कम खर्चिलो हुने हुनाले हामीले तत्काल यो सेवा शुरु गरेकाहौं भनि जानकारी दिए ।

सोही अवसरमा श्रेष्ठले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग निर्जीवन बीमा सम्बन्धि आवश्यक सम्पूर्ण सेवाहरु लिएर ढुक्क भएर आ(आफ्नो व्यावासाय संचालन गर्न पनि सबैलाई अनुरोध गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।