एनआईबिएल सहभागिता फण्डका इकाईहरु थप २ संस्थाबाट पनि खरिद बिक्री गर्न सकिने

0
Shares

‘एनआईबिएल सहभागिता फण्ड’ का इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि मुक्तिनाथ विकास बैंक र गुडविल फाईनान्सलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।

मुक्तिनाथ विकास बैंक तथा गुडविल फाइनान्सका तोकिएका शाखा कार्यालयहरुबाट आगामी माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरे।

यस अघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंकका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गते देखि खरिद बिक्री हुदैं आइरहेको छ ।

“एनआईबिएल सहभागिता फण्ड” नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना हो ।