दुई बैंकको एक करोड २५ लाख कित्ता नेप्सेमा सूचीकृत

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१९माघ, २०७६, आईतवार / Feb 02, 2020 12:41:pm

नेपाल स्टक एक्सचेञ्जमा आइतबार दुई बैंकहरुको १ करोड २५ लाख ४ लाख ४६९ दशमलव २५ कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सनिमा बैंकको ८० लाख १ हजार २५५ दशमलव ४४ कित्ता बोनस र गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ दशमलव ३१ कित्ता बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गरिएको हो।

यससँगै दुबै बैंकको बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका लगानीकर्ताले उक्त बोनस पाउनेछन्। डिम्याट खातामा प्राप्त भएसँगै उक्त शेयर खरीद बिक्री गर्न सकिन्छ।

सानिमा बैंकको गते असोज २९ सम्पन्न १५ औं वार्षिक साधारण सभाले ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस शयर तथा गरिमा विकास बैंकको मंसिर २७ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले १६.१५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो। जसका लागि सामिाले असोज १३ गते र गरिमाले मंसिर १३ गते बुकक्लोज गरेका थिए।

बोनस पश्चात सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुगेको छ भने गरिमाको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ कायम भएको छ।


Share on:


Comments