पुनर्बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, बिक्रीकर्ता शुन्य

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२२असार, २०७७, सोमबार / Jul 06, 2020 12:26:pm

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। असार २२ गते सोमबार ४०० रुपैयाँमा पहिलो कारोबारको खुलेको कम्पनीको १ घण्टा अवधिमा प्रतिकित्ता ४० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४४० पुगेको छ।

असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको शेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो। बुधबार पछि भने कम्पनीको शेयरमूल्य बढ्दो क्रममा रहेको छ।

आइपीओमा परेको शेयर बिक्रीकर्ताको चाप बढ्दा सुरुको दुई दिन बिक्रीचाप आएको कम्पनीको शेयरको माग बढ्दो क्रममा देखिएको छ। नेप्सको मार्केट डेप्थमा कम्पनीको बिक्री आदेश शुल्य रहेको छ।

सोमबार कारोबार सुरु भएको १ घण्टा अवधिमा कम्पनीको १ लाख ६१ हजार ९६६ कित्ता शेयर ६ करोड ८४ लाख ६२ हजार रुपैयाँमा खरीद बिक्री भएको छ। कम्पनीको ८३ हजार बढी कित्ता शेयरको माग मार्केट डेप्थमा देखिएको छ।


Share on:


Comments