खुद ब्याज आम्दानी र नाफा घट्दा पनि राष्ट्रिय वाणिज्य बैंक ‘नम्बर वान’

0
Shares

राष्ट्रिय वाणिज्य बैंक (RBB) ले गत आर्थिक वर्ष २०७६/७७ मा पनि आफ्नो विरासतलाई कायम गरेको छ। बैंकले गत आवमा ४ अर्ब ४५ करोड २५ लाख रुपैयाँ रुपैयाँ नाफा कमाएको छ। यो नाफा अन्य २६ वाणिज्य बैंकले कमाएको भन्दा सबैभन्दा धेरै हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४ करोड ६५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा ५९ करोड ३९ लाख ८६ हजार रुपैयाँले घटेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी घटेसँगै बैंकको नाफामा गिरावट आए पनि बैंकको नाफा नम्बर वान स्थानमा रहेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवमा खुद ब्याज आम्दानी ९ अर्ब ३१ करोड ५१ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो आवमा ९ अर्ब ९४ करोड ८१ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको बैंकको ६३ करोड २९ लाख ६४ हजार रुपैयाँले खुद ब्याज आम्दानी घटेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्म्म बैंकको बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ। यो नाफाबाट बैंकले ११.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ। सञ्चालन नाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपैयाँ घटेर ६ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्ममा बैंकले २ खर्ब ३० अर्ब ८२ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब ८० करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकले निक्षेप संकलन ४१ अर्ब ५७ करोड २३ लाख र कर्जा लगानी ८ अर्ब ७८ करोड ५१ लाख रुपैयाँले वृद्धि भएको हो।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४९.४५ रुपैयाँ छ। अघिल्लो आवको तुलनामा ६.०९ रुपैयाँले इपिएस घटेको हो।

बैंकको जगेडा कोषको आकार १ अर्ब ९० करोड २३ लाख रुपैयाँले बढेर १३ अर्ब ८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब ३५ करोड ३४ लाख २४ हजार रुपैयाँ सञ्चित रहेको छ।

बैंकको निष्क्रिय कर्जा ०.७१ प्रतिशतले घटेर ४.०८ प्रतिशतमा सुधार भएको छ। यस अवधिमा बैंकको पूँजीकोष १२.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ६२.४८ प्रतिशत, आधारदर ५.८० प्रतिशत र स्प्रेड दर ४.२६ प्रतिशत र कोषको लागत ३.६९ प्रतिशत रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।