प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभाको स्थान परिवर्तन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५भाद्र, २०७७, बिहीबार / Sep 10, 2020 09:46:am

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले भदौ २६ गते शुक्रबार बिहान ११ बजे आह्वान गरेको १८ औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । कम्पनीले सुचना जारी गरी सभा गर्ने स्थान परिवर्तन भएको जानकारी दिएको हो ।

कम्पनीले होटल ईच्छा प्राइभेट लिमिटेड, सिमरा, बारामा सभा हुने जनाएको छ। यसअघि कम्पनीको रजिष्टर्डको कार्यालय, वीरगञ्ज, पर्सामा बोलाएको थियो।

सभाले शेयर स्वामित्व संस्थापकतर्फ ८० र सर्वसाधारणतर्फ २० प्रतिशतबाट संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशतमा परिणत गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ बाट लगानीकर्तालाई कुनैपनि लाभांश नदिएको कम्पनीको सभा मार्फत संचालक समूहमा रिक्त रहेको एक सञ्चालक पदमा बाँकी कार्यकालीका लागि गरिएको नियुक्तीलाई अनुमोदन गर्ने र संस्थापक शेयरधनीहबाट ४ जना संचालकमा निर्वाचन समेत गर्ने कार्यक्रम तय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले भदौ १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको छ । यस अनुसार भदौ ११ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments