आईपीओ निष्काशन गर्दै लोवर मिड रावा खोला हाईड्रो, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त


काठमाडौँ । खोटाङ्ग जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ।

यस प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड लाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सोमबार २ संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडका कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

आईपीओ अन्तर्गत १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ, जसको कुल मूल्य १० करोड रुपैयाँ हुनेछ।

लोवर मिड रावा खोला हाईड्रोपावरले खोटाङ्ग जिल्लामा स्वदेशी प्रविधि, श्रम र स्रोतमार्फत आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको छ। कम्पनीले आईपीओ निष्काशनबाट संकलित पूँजी आयोजनाको निर्माण कार्यमा प्रयोग गर्नेछ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।