सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

-नोटबजार संवाददाता।
काठमाडौं।
३१भाद्र, २०७७, बुधबार / Sep 16, 2020 11:00:am

नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बुधबार स्थिर रहेको छ ।

बुधबारका लागि कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। बुधबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments