रसुवा बाढीमा १८ जना वेपत्ता एक जनाको शव भेटियो


काठमाडौँ । रसुवामा बाढीले बगाएका १८ जना मध्ये १ जनाको शव भेटिएको छ । प्रमूख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा वेपत्ता भएका मध्ये एक जनाको शव वेत्रावतीमा भेटिएको हो ।

अरुको खोजी र उद्धार कार्य भइरहेको पौडेलले जानकारी गराएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको र अरु स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिएका छन् ।

यस्तै रसुवा गढीमा नेपाल चिन जोड्ने मितेरी पुल बगाएको छ । साथै टिमुरे सुख्खा बन्दरगाह र जलविद्युतमा पनि क्षति पुगेको छ ।

उनका अनुसार मंगलबार बिहान ३ बजेतिर ल्हेदो खोलामा आएको बाढीले सुख्खा बन्दरगाहमा रहेका गाडी, चालक र सहचालकहरुलाई बगाएको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।