रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला जनवरी २० मा बिगसेल


भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी जनवरी २० तारिखका दिन नेपालकै ठुलो ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेज सहित बिग सेल मेला सञ्चालन गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैंयादेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउने छ । जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरुलाई विभिन्न किसिमका उपहारहरु समेत बितरण गरिने ग्लाइडरले बताए ।

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । रिचार्जरका विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट जनवरी १० तारिखदेखि २४ सै घण्टा छुट सहित फुड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए ।

विश्व बजारमा नेपाली उत्पादन पुर्याउनका लागि पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु बिगसेलमा समावेश गरिनेछ । बिग सेलका दिन एक हजार भन्दा बढी उत्पादन तथा सेवाहरुमा ७० प्रतिशतसम्मको छुट उपलब्ध गराइने ग्लाइडरले जानकारी दिए । बिग सेलका दिन सिमित सेवा तथा उत्पादनहरु २०२० रुपैंयामा उपलब्ध गराइने उनको भनाई छ ।

विभिन्न बैंकहरुसँगको सहकार्यमा रिचार्जरमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।