काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले असार १० गते, मंगलबार आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान १०ः ३० बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रस्तावित विषय उपर कुनै फेरबदल, संसोधन एंवम परिमार्जन गर्न परे सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रिया