दक्षिण कोरियाली उच्च सुरक्षा सल्लाहकार अमेरिकामा

0
Shares

दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा गएको छन् । उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको दक्षिण कोरियाली समाचार समिति, योन्हापले जनाएको छ। उनी अमेरिकापछि जापान पनि जाने कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सल्लाहकार चुन एइ योङ कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनावका विषयमा आवश्यक सल्लाह गर्न अमेरिका र जापान जान लागेका हुन्।

कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका बारेमा सल्लाहकार चुनले आवश्यक अमेरिका र जापानसँग आवश्यक परामर्श गर्न लाग्नुभएको हो ।

दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ। तर उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन।

उनले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा आवश्यक सरसल्लाह गर्नेछन्।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार  ०९ : २४ बजे