शेयर कारोबारमा अर्को र्कीतिमानी, लगानीकर्ता बैंकमा फर्किँदा ४ अर्ब ४६ करोडको कारोबार

0
Shares

कोरोना भाइरसका कारण चीनसँगको ब्यापार ठप्प भएपछि शेयर बजारमा दैनिक नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबार सबैभन्दा धेरै ४ अर्ब १५ करोडको कारोबार भएकोमा साताको अन्तिम दिन बिहीबार त्यसलाई उछिन्दै ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। 

बिहीबार शेयर बजार परिसूचक ३६.०५ अंकले बढेर १ हजार ६३२ दशमलव १७ बिन्दुमा पुगेको छ। कारोबारमा आएका १८० कम्पनीमध्ये चार वाणिज्य बैंकसहित ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। अन्य समूहमा अत्याधिक उछाल आएकाले बिहीबार शेयर लगानीकर्ता बैंकिङ्ग समूहमा फर्किका छन्। जसका कारण शिर्ष कारोबार हुने दश कम्पनीमा ७ वटा वाणिज्य बैंक रहेका छन्।

१८० कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्य घटेर ५५ कम्पनीको मात्रै शेयरमूल्य बढ्दा पनि नेप्सेमा बहार छाएको हो। जुन बैंकिङ्ग बढेकाले मात्रै सम्भव छ । नेपालको शेयर बजारमा अझै पनि बैंक तथा बीमाको हिस्सा करिब ८० प्रतिशत रहेको छ ।

कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये बैंकिङ्ग, विकास बैंक र उत्पादन बाहेक सबै उपसमूहका सूचक ओरालो लागेका छन्। बुधबार १८० कम्पनीका १ करोड ८ लाख ५९ हजार कित्ता शेयर ३५ हजार ४६७ पटक खरीद बिक्री हुँदा कारोबार रकम करिब साढे चार अर्ब पुगेको हो। बैंकिङ्ग ६.१४, विकास बैंक १.९१ र उत्पादनमूलक सूचक ०.५१ प्रतिशतले सकारात्मक भएको हो।

यसदिन नेपाल लाईफको शेयरमूल्य बढेर उच्च कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ७.४८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४९४ मा बन्द हुँदा २८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरि एनआईसी एशिया २० करोड, एनएमबि बैंक र नबिल बैंक १५ करोड, शिवम् सिमेन्ट साढे १४ करोड, प्रभु बैंक र ग्लोबल आईएमई बैंकको साढे ११ करोड तथा हिमालयन डिष्टिलरी, नेपाल बैंक र एभरेष्ट बैंकको पनि ११ करोड हाराहारीमा कारोबार भएको छ ।

आजको बजारमा एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, नबिल बैंक र वोमी माइक्रोफाइनान्सको शेयर ९ प्रतिशत बढीले बढेर सकारात्मक सर्किट लागेको हो। यसैगरि स्टुयाण्डर्ड चार्टड, एनआईसी एशिया बैैंक, युनिलिभर नेपाल, नेपाल फाइनान्स र नेपाल बंगलादेश बैंकको शेयरमूल्य पनि ८ प्रतिशतका दरले बढेको छ ।

बुलिस बजारमा पनि ङादी ग्रुप पावर, सिनर्जी पावर, र समृद्धि फाइनान्सको शेयरमूल्य ६ प्रतिशतले घटेको छ। साल्ट ट्रेडिङ्ग, युनाइटेड इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, एनआईडिसिएल, बिशाल बजार कम्पनी, रैराङ्ग र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले पनि ४ प्रतिशत बढीले गुमाएका छन्।