सिटी एक्सप्रेसबाट पैसा पठाउन इएमक्यू सेवा प्रयोग गर्न सकिने


रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ ।

जापान, संयुक्त अरब इमिरेट्स तथा जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सक्नुका साथै कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यूका प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु्ट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि विश्व भरी रहेका रेमिट एजेन्टहरुबाट ७ हजार ५०० भन्दा बढि नेपालमा रहेका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।