नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको संस्थापक सेयर बिक्रीमा, आजैदेखि आवेदन दिन सकिने


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३० हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइने छ । उक्त कित्ता सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर खरिद गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर शाखा, लाजिक्पाट काठमाण्डौंमा आवेदन दिन सक्ने बताइएको छ । आवेदन फारममा आफुले खरिद गर्न चाहेको कित्ता संस्या र रकम स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने छ ।

प्रकाशित मिति: २९ पुस २०८१, सोमबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।