गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा गोविन्द प्रसाद ढकाल पुन: नियुक्त

0
Shares

गरिमा विकास बैंक (GBBL) ले गोविन्द प्रसाद ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्त गरेको छ ।

बैंक संचालक समितिको फागुन २२ गतेको बैठकले ढकाललाई आगामी चार बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको हो।

बैंकले ढकाललाई आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी चार बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको जनाएको छ ।

साना किसान विकास बैंकवाट २३ वर्ष अघि बैंकिङ् करिअर सुरु गरेका गोविन्द प्रसाद ढकालले हाल दुई संस्थाको नेतृत्व सम्हालेका छन । गरिमा विकास बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा रहेका ढकाल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनको अध्यक्ष पनि हुन।

पूँजी तथा प्रविधिमा विकास बैंक पनि वाणिज्य बैंकभन्दा कमजोर छैनन् – गोविन्द ढकालको अन्तरवार्ता