सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर,रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।

चावहिल स्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो ।

बैंकका संचालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको बार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु – ६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले आवर चाइल्ड केयर अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।