शेयर बजार सुधारबारे संसदमा बहस चल्दा बजारमा भने उच्च गिरावट

0
Shares

धितोपत्र सम्बन्धि (पहिलो संसोधन) विधेयक, २०७६ माथि संंसदमा बिहीबार गरमागरम बहस चल्दै गर्दा धितोपत्र बजारमा भने बिहीबार उच्च गिरावट आएको छ । सांसहरुबीच अल्छि बनाउने शेयर बजार बन्द गर्ने र धितोपत्र दलाल व्यवसायी (वाणिज्य बैंकलाई सहित) थप गरि नियम कानुनद्धारा समृद्ध पार्ने चर्को बहसका बीच बिहीबार नेप्से ४५.९१ अंकले घटेर १ हजार ३७७ दशमलव १८ बिन्दुमा बजार बन्द भएको हो।

यस साता मंगलबार पहिलो दिन खुलेको शेयर बजारमा तीन पटक नकारात्मक सर्किट लागेर ६ प्रतिशतले नेप्से घटेपछि कारोबार रोकिएकोमा बुधबार भने पुन: साढे ५ प्रतिशतले नेप्से बढेको थियो।। बिहीबार पनि बजारले लय समात्न नसक्दा उच्च अंकले नेप्से घटेको हो।

कारोबारमा आएका बाह्र वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजारमा उच्च गिरावट आएको हो। यसदिन होटल र निर्जीबन बीमाको सूचक सबैभन्दा बढी ५ प्रतिशतले घट्दा बैंकिङ्ग, लघुवित्त, जलविद्युत्तमा पनि ३ प्रतिशत बढीको गिरावट देखिएको छ।  यद्यपी संसदमा अर्थमन्त्रीले सरकार सीमित व्यक्तिको पहुँचबाट पूँजीबाजरलाई बाहिर ल्याउन र नीतिगत रुवमा संरचनात्मक सुधार गर्दै पूँजी बजारलाई सुदृढ गर्ने लगिपरेको बताएका छन्। उनले कोरोना भाइरसका कारण अल्पकालीन बजारमा गिरावट आएपनि लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्था, र भावी दिनको प्रगतिलाई शेरेर लगानी गर्न सुझाव दिएका छन्।

यसदिन १८२ कम्पनीका ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर २३ हजार २०५ पटक खरीद बिक्री हुँदा २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बुधबार भने २ अर्ब २१ करोडको शेयर कारोबार भएको थियो।

यसदिन नेपाल लाईफको सबैभन्दा बढी १९ करोड ८२ लाख बढीको शेयर खरीद बिक्री हुँदा एनआईसी एशिया बैंकको पनि ११ करोड ६३ लाखको शेयर कारोबार भएको छ। एनएमबि बैंक, शिवम् सिमेन्टस्, हिमालयन डिष्टिलरी, नेपाल बैंक, नबिल बैंक, वोमी माइक्रोफाइनान्स, ग्लोबल आईएमई बैंक र वोमी माइक्रोफाइनान्स शिर्ष कारोबार गर्ने दश कम्पनीमा समेटिएका छन्। यी सबै कम्पनीको ४ करोड बढीको शेयर खरीद बिक्री भयो।

बिहीबारको उच्च गिरावट आएको बजारमा ९ कम्पनीको शेयरमूल्य मात्र बढेको छ भने १६४ कम्पनीको शेयरमूल्य घटेको छ। यसदिन श्री इन्भेष्ट एण्ड बैंकिङ्गको शेयरमूल्य २.४८ प्रतिशतले बढ्दा एसबिएल डिबेञ्चर २०८२, दिब्यश्वरी हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड २, महिला सहयात्रा लघुवित्त, सेन्ट्रल फाइनान्सको १ प्रतिशत बढीले शेयरमूल्य बढेको छ।

यसदिन स्वाभिमान लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ। राधी विद्युत कम्पनी, हिमाल दोलखा हाइड्रो, बोटलर्स नेपाल तराई, स्पर्स लघुवित्तको मूल्य ८ प्रतिशत बढीले अवमुल्यन हुँदा आईएमई जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, सिन्धु विकास बैंक, खानीखोला हाइड्रोपावर, आरएमडिसी लघुवित्तको शेयरमूल्य पनि ७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  १५ : २१ बजे