कोरोना नियन्त्रणका लागि सवा एक अर्ब जुटाउने संस्थाको सूची यस्तो


सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गर्ने क्रम चलिरहेको छ ।

विभिन्न मन्त्रालय मातहतका निकाय तथा सुपरिवेक्षित संगठित संस्थाहरुबाट ठूलो आकारका रकम गरी सवा एक अर्ब रुपैंया कोषमा जम्मा भएको छ ।

कोषमा रकम जम्मा गर्ने योगदानकर्ताहरुको सूची यस प्रकार छ:

अर्थ मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग

– बीमा समितिबाट ५ करोड
– नेपाल धितोपत्र बोडबार्ट ३ करोड
– कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड
– नेपाल स्टक स्क्चेन्जबाट ३ करोड ५१ लाख
– सिडिएस एण्ड क्लियरिङबाट ३५ लाख
– राष्ट्रिय बीमा कम्पनीबाट २ करोड
– राष्ट्रिय बीमा संस्थानबाट १ करोड
– नेपाल पुर्नबीमा कम्पनीबाट १ करोड ११ लाख
– नागरिक लगानी कोषबाट २ करोड
-कर्मचारी सञ्चय कोषबाट ५ करोड

२० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुहरुबाट २२ करोड योगदान गर्ने घोषणा भएकोमा कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग

– नेपाल दुरसञ्चार प्राधिकरणबाट १५ करोड

– नेपाल टेलिकमबाट १२ करोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त सहयोग

– नेपाल आयल निगमबाट ५० करोड

अन्य निकाय तथा संघ संस्थाहरुबाट पनि ठुलो संख्यामा कोषमा रकम जम्मा भैरहेको छ भने कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता पनि आउने क्रम जारी छ ।