कोरोना भाइरस नियन्त्रणका लागि आयल निगमको ५० करोड सहयोग


नेपाल आयल निगमले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई ५० करोड रुपैंया प्रदान गरेको छ ।

आयल निगमको बुधबार बसेको सञ्चालक समितिले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैंया जम्मा गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णय अनुसार बिहीबार ५० करोड रुपैंयाको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हस्तान्तरण गरिएको आयल निगमले जनाएको छ ।