पुनरकर्जाको ब्याजदर ३ देखि ५ प्रतिशत हुने, तीन तहमा कर्जा वर्गिकरण

0
Shares

नेपाल राष्ट्र बैंकले पुनरकर्जालाई ब्यवस्थीत बनाउनका लागि नयाँ कर्यविधिको मस्यौदा तयार गरेको छ । केन्द्रीय बैंकले तयार गरेको पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा अनुसार पुनरकर्जाको प्रकार अनुसार ऋणीले ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तिर्नु पर्ने व्यवस्था गरेको हो ।

कोरोना भाइरसको माहामारीले प्रभावीत नेपाली उद्योगी व्यवसायीहरुलाई राहत दिने उद्देश्यले ब्यवस्थीत रुपमा पुनरकर्जा प्रयोग गर्न कार्यविधि तयार गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले तयार गरेको पुनरकर्जा सम्बन्धी मस्यौदा अनुसार पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन तहमा वर्गिकरण गरेको छ ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा केन्द्रीय बैंकले बैंक वित्तीय संस्थावाट ३ प्रतिशत ब्याजदर लिनेछ भने ऋणीलाइ बैंक वित्तीय संस्थाले ५ प्रतिशत मात्र ब्याजदर लिन पाउनेछन । त्यसैगरी नेपाल राष्ट्र बैंकले विशष्ो पुनरकर्जामा बैंक वित्तय संस्थावाट एक प्रतिशत ब्याजदर लिनेछ भने बैंक वित्तीय संस्थाले ऋणीवाट तिन प्रतिशत मात्र ब्याजद लिन पाउनेछन । त्यसैगरी अर्को साधारण पुनरकर्जामा केन्द्रीय बैंकले तिन प्रतिशत ब्याजदर लिनेछ भने बैंक वित्तीय संस्थाले ऋणीवाट ५ प्रतिशतसम्म ब्याजदर लिन सक्ने व्यवस्था गरेको छ ।

मस्यौदा अनुसार बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिने मस्यौदामा उल्लेख छ ।

 बैंकले यस कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा कायम गरेको छ । यस्तो कर्जाको अवधि एक वर्षको हुने समेत मस्यौदामा उल्लेख छ । मस्यौदा अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा १० करोड हनेछ । यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँ सम्म हुनेछ । यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशत भन्दा बढी नहुने समेत मस्यौदामा उल्लेख छ ।

कार्यविधि अनुसार प्रदान गरिएको पुरकर्जा सुविधामा पूर्वनिर्धारित मितिमा पुनरकर्जा रकमको सावाँ/ब्याज असुलउपर हुन नसकेमा थप एक प्रतिशत (वार्षिक) को पेनाल ब्याजदरसहित सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको बैंक स्थित खाता खर्च गरी रकम असुलउपर गरिनेछ । इजाजतपत्रप्राप्त संस्थाले जरिवाना तिरेको मितिले छ महिनासम्म पुनरकर्जाको लागि आवेदन दिन योग्य हुने छैनन् । (झुठ्ठा विवरण पेश गरी पुनरकर्जा माग गरेमा वा प्राप्त गरेमा, ग्राहक/ऋणीलाई पुनरकर्जा वापतको व्याज सहुलियत प्रदान नगरेमा त्यस्तो पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाको पुनरकर्जा माग गर्ने पदाधिकारीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिनेछ ।