शेयर कारोबार अनिश्चित समयका लागि बन्द हुने, लगानीकर्ताको तरल सम्पत्ति बन्धकमै

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्रको कारोबार अनिश्चित कालका लागि बन्द रहने जनाएको छ । नेप्सेको शनिबार बसेको सञ्चालक समितिको बैंठकले धितोपत्र बोर्डको अर्को निर्देशन नहुँदासम्मका लागि असार ७ गते आइतबार देखि शेयर बजार बन्द रहने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेसंगै बन्द भएको धितोपत्र बजार अझै पनि कहिले खुल्ने भन्ने निश्चत छैन । सरकारले असार १ गतदेखि लकडाउन घोषणा नगरेको अवस्थामा अधिकासं क्षेत्रहरुले आफ्ना काम कारबाही अघि वढाएको अवस्थामा धितोपत्र बजार भने बन्द नै रहेको छ । लकडाउनका बीचमा बैशाख ३० र ३१ गते बजार खुलाएको भएपनि त्यसपछि पुनः बजार धितोपत्र बजार बन्द भएको थियो ।

सरकारले अन्य सम्पुर्ण क्षेत्रलाइ कामकारबाही गर्न दिइरहेको अवस्थामा पनि धितोपत्रलाई भने बन्द नै राख्ने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा धितोपत्र बजार पुन बन्द नै रहने निर्णय गरेको नेप्सेले जनाएको छ ।

शेयर बजारलाई तरल सम्पत्तिको रुपमा मानिन्छ । शेयर खरीद बिक्री गरेर जुनसुकै बेला लगानीलाई नगदमा रुपान्तरण गर्न सकिने भएकाले यसलाई नगद सरह नै मानिन्छ। तर विश्व बजारमा सबै स्टक मार्केटहरु खुला रहेपनि नेपालमा भने परम्परागत कारोबारमा रमाउने लगानीकर्ता, कमजोर नियामक निकाय, सुंकचित सोच र शेयर कारोबार प्रविधिमैत्री बन्न नसक्दा लगानीकर्ताको सम्पत्ति तीन महिनादेखि बन्धक बन्न पुगेको छ।

लकडाउनका अधिमा पनि अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा धितोपत्र बजारमा निरन्तर कारोबार भैरहेको अवस्था छ । नेपाली धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता बजार खुल्यो भने आफ्नो सम्पत्ती घट्ने डरले नखुलाउन दावाव दिदै आएका छन भने केही लगानीकर्ता बजार खुल्यो भने घट्छ र किन्न पाइन्छ भन्ने उद्देश्यले बजार खुलाउनुपर्ने तर्क राख्दै आएका छन । तर, धितोपत्र बजारमा कूल मूल्य खरिद गर्न खोज्नु आफ्नो सम्पत्तीको मूल्याङकन घट्न नदिनु दुबै समुहले आफ्नो जोडबल प्रयोग गर्छन् । यस्तो अवस्थामा निष्पक्षता कायम गरेर बजार सञ्चालन गर्ने जिम्मा नियामक निकाय धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेको मूख्य भुमिका हुन्छ ।

बजारका दुबै पक्षलाइ सन्ुतलन कायम गर्नुको सट्टा धितोपत्र बोर्ड र नेप्से बजार बन्द गर्नु नै समाधान रहेको भन्दै एकपछि अर्को गर्दै सूचना जारी गरी बजार बन्द राखेका छन् । धितोपत्र बोर्ड र नेप्सेमा बजारबन्द गर्नु नै समाधान ठान्नु उपयुक्त निर्णय नभएको केही लगानीकर्ताको भनाई छ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले पनि होटल रेस्टुरेन्टहरु समेत खुलिसक्दा पनि फेरि अरु बहाना बनाएर क्यापिटल मार्केट बन्द गर्न नहुने भन्दै जतिसक्दो चाँडो बजार खोल्नुपर्ने यसअघि नै बताइसकेका छन्।

बजार हुनसक्ने अनावश्यक चलखेललाई नियन्त्रण गरेर नियमित रुपमा बजार सञ्चालन गरेर सर्वसाधारण सम्पत्ती खरिद र बिक्रीको अधिकार प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा अलोचित हुने डरमा बोर्ड र नेप्सेले बजार नै बन्द गर्ने निर्णयलाई निरन्तरता दिएका छन् ।

शनिबार नेप्सेले सार्वजनिक गरेको सूचना अनुसार आगामी दिनमा बजार कहिले खुल्छ भन्ने पनि टुङगो छैन । धितोपत्र बोर्डको अर्को निर्देशन नआउँदासम्मका लागि बजार बन्द रहने उल्लेख गरिएको छ । तर, सरकारले अहिलेको अवस्थामा लकडाउन गरेको अवस्था छैन । त्यसका साथै कोरोना भाइरस संक्रमणको दर निरन्तर फैलिरहेको अवस्थामा सरकारले आगामी दिनमा पनि कहिलेदेखि लकडाउन पुन निरन्तरता दिने हो भन्ने कुनै निर्णय नभैसकेको अवस्थामा धितोपत्र बोर्डको अर्को निर्देशन नआउँदासम्मका लागि आइतबार देखि बजार बन्द हुने जनाइएको छ ।

सर्वोच्च अदालतले शेयर बजार बन्द गरेको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । करिब एक साता अघि न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले सो आदेश दिएको हो । लकडाउन सुरु भएपछि बन्द भएको शेयर कारोबार खुला हुनुपर्ने माग राखी अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ । अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

तर, धितोपत्र बोर्ड र नेप्से केही दिन अघि मात्र शेयर कारोबार सुचारु गर्ने भन्दै लगानीकर्तालाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुने तथा अनलाई मार्फत शेयर कारोबार गर्नका लागि अनलाइन लगइन लिन समेत अनुरोध गरेको थियो । साथै नेप्सेले अनलाइमा आधारित भएर मात्रै पनि शेयर कारोबार गराउन सकिने भन्दै आएपनि त्यसो हुन नसक्दा शेयर बजार नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

लामो समयसम्म शेयर बजार बन्द रहँदा नकारात्मक प्रभाव पर्न सक्ने विषयमा समेत नियामकले सोच्नुपर्ने देखिन्छ । बजार बन्द गर्नु भन्दा पनि बजारलाई उपयुक्त व्व्ब्यवस्था गरी प्रभावकारी नियमनमा स्वतन्त्र छाडेको खण्डमा नै बजार तथा लगानीकर्ताको हितमा हुने देखिन्छ ।