बुधबार ४०० रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७५।६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९।८१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ माघ २०८१, बुधबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।