स्वार्थ समूहको कब्जामा शेयर बजार पुग्दा गिनिज बुकमा नाम लेखाउने अवस्थामा …

0
Shares

शेयर बजारका विश्लेषकहरुले नेपालको शेयर बजार गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको बताएका छन् । लामो समयसम्म शेयर बजार बन्द भएको प्रति नियामकहरुको आलोचना गर्दै यस्तो धारणा आएको हो।

शेयर बजारका विशलेषक एवं लगानीकर्ता प्रकास तिवारीले शेयर बजारले पूँजी निमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राखे ।

नेपालको पूँजीबजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सय दिन बजार बन्द गराएर गिनिज बुकमा नाम लेखाउनु पर्ने अवस्थामा पुगेको भन्दै सरोकारोवालहरुको आलोचना गरे ।

नेपालको शेयर बजार सरकार, धितोपत्रबोर्ड, नेप्से लगायतका नियमनकारी निकायहरुबाट नभई पूँजी बजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दु:खद पक्ष भएको उल्लेख गरे । शेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उनको भनाई थियो।

२७ वर्षको इतिहासमा नेपालको शेयर बजार भ्रुण अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको बताउँदै उनले बोण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्रयाउने पहल गर्न नसकेको आरोप लगाए । धितोपत्र बजारमा अन्य क्षेत्रका कम्पनीहरुलाई भित्रयाउन करका समस्या, रियलसेक्टरका कम्पनीहरुलाई बजार आउन दिने सहजता लगायतमा सुधारको आवश्यता औंल्याए ।

निक्षेप भन्दा बोण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नक्सनु लगायतले बजारमा विस्तार हुन नसकेका बताए ।

बजेट र मौद्रिक नीतिबाट बजारमा साना साना कुरा समावेश गरेर आउने होइन यसका समस्याहरु सम्बोधन गर्ने, नीति बनाउने काम बोर्डको हो भन्नेमा लगानीकर्ताहरुले बुझ्न जरुरी छ । मार्जिक कर्जाको सीमा मात्र बढाएर पनि बजारको समस्या समाधान नहुने उनको भनाई छ । राष्ट्र बैंकले मार्जिन क्षेत्रमा बैंकहरुलाई कर्जा प्रवाहका लागि तोकिदिएको सीमा हटाउनुपर्ने उनको सुझाब छ ।

अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने लगानीकर्ताहरुले लाभांश नपाउने अवस्था आउनसक्ने उनले बताए । नगद लाभांश वितरणमा रोक लगाउने भन्ने खालका हल्लाहरु सुनिएका छन् । यस्तो हो भने कोरोनाको असरले प्रभावित लगानीकर्तालाई थप मार पर्ने उनको भनाई छ ।

गैर आवासीय नेपालीहरुलाई यतिकै अवस्थामा आउ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको उनको भनाई छ । यहि बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानीगर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भित्रयाउछु भन्ने कोरा कल्पना मात्र भएको उनले बताए । लगानीका लागि प्रशस्त विकल्पहरु नभई बजारको विस्तार गर्न नसकिने उनको धारणा छ ।