नेप्से परिसूचक गणना विधि परिमार्जन गरिने, इन्डेक्स फण्ड जारी हुने

0
Shares

नेप्से परिसूचक गणना विधि परिमार्जन गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाउने घोषणा गरेको हो।

बोर्डले साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म र अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

एसएमईको शेयर कारोबार छुट्टै हुने

बोर्डले धितोपत्रको दोस्रो बजारलाई सुदृढ बनाउनका लागि नेप्सेको संस्थागत सुधार र पूर्वाधारको विकास गर्न विदेशी रणनीतिक साझेदार भित्राउने बताएको छ। नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्राई दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गरिने बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

हाल सरकारको सरकार, नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, धितोपत्र दलाल कम्पनीहरु र केही पब्लिक कम्पनीको लगानी छ ।

धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोबारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारीलाई अनुमति दिइने भएको छ । प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति प्रदान व्यवस्था नीति तथा कार्यक्रममा गरेको समेत अध्यक्ष ढुंगानाले जानकारी दिए ।

साथै नेप्सेको कारोबार प्रणालीमा लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्ने, धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस २ हुने तथा नेप्सेको टे«डिङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउने व्यवस्था समेत नीति तथा कार्यक्रमले गरेको छ।

धितोपत्र कारोबार राफसाफ ‘टि प्लस टु’ मा हुने

चालु आर्थिक वर्षमा बोर्डले वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै बोर्डले प्राप्त हुने कन्ट्रयाक्ट स्पेसिफिकेसनको अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने व्यवस्था गर्ने भएको छ ।

धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरणको व्यवस्था बोर्डले गरेको छ । यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरुको ढाँचा विकास गरी लागू गर्ने भएको छ ।

साथै बार्डले धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरु अवलम्बन गर्ने सम्बन्धमा समेत अध्ययन गर्ने भएको छ । बजारमा लगानी विविधिकरणका लागि इन्डेक्स फण्ड तथा इक्यूटी डेरिभेटिभ्स् औजार जारी गर्न आवश्यक व्यवस्था गर्ने गरी बोर्डले नीति तथा कार्यक्रम ल्याएको छ ।

धितोपत्र बोर्डले प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवारलाई सक्रिय बनाउने भएको छ । ऋणपत्रको दोस्रो बजारलाई सक्रिय बनाई विकास तथा विस्तार गर्न आवश्यक कानुनी व्यवस्था गर्न ऋणपत्र बजार सम्बन्धी नियमावली बनाइने समेत कार्यक्रममा उल्लेख छ ।

धितोपत्र बजारमा नेपाल फाइनान्सियल रिर्पोटिङ्ग मापदण्ड कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले धितोपत्र बजारको दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी विधायन प्रक्रियाका लागि नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गर्ने बोर्डले जनाएको छ ।

चालु आर्थिक वर्षमा बोर्डले क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थासंग साझेदारी विकास गरी सुपरीवेक्षकीय तथा नियामकीय क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने भएको छ । धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना सञ्चालन अवधि समाप्त भएपछि उक्त कम्पनीमा सर्वसाधारण शेयरधनीको स्वामित्व तथा कम्पनीको व्यवस्थापनका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सम्बन्धमा अध्ययन गरिने बोर्डले जनाएको छ।