घरेलु लघुवित्तको एक आर्थिक वर्षको नाफा ६ लाख

0
Shares

घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आर्थिक वर्षमा २१ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको लघुवित्तले नोक्सानी सकाएर प्रगतिपथमा लम्किएको छ।

चुक्ता पूँजी ७ करोड ३ लाख रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ०.९५ पैसा मात्र रहेको छ। समीक्षा अवधिमा २१ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको जगेडा कोष १४ लाख ७७ हजार रुपैयाँमा झरेको छ।

असार मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छभने सञ्चालन मुनाफा ७ लाख ३४ हजार रुपैयाँ छ। यस्तै खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ।

बनेपा–८, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ फागुनबाट विधिवत रुपमा कारोबार शुरु गरेको थियो। लघुवित्त समता लघुवित्तसँग मर्जरको क्रममा रहेको छ। घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान गर्ने गरि यी दुई कम्पनी मर्जरमा जाने समझदारी पत्रमामा असार १ गते सम्झौता गरेका हुन ।

समता लघुवित्तले २४ शाखा कार्यालयमार्फत ३७ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ भने घरेलुले १३ शाखा कार्यालय मार्फत ६ हजारभन्दा बढी सदस्यहरुलाई सेवा दिईरहेको छ । समता लघुवित्त धितोपत्र बजारमा सूचीकृत कम्पनी हो भने घरेलुले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७७, शुक्रबार  ०८ : ३३ बजे