एनएलजी इन्स्योरेन्सको नाफा बढे पनि हकप्रदले सन्तुलन भएन EPS


एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आईपुग्दा अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानीमा सन्तुलन कायम गर्न सकेन ।

खुद नाफाको वृद्धिभन्दा चुक्ता पूँजीमा धेरै वृद्धि भएका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सन्तुलन हुन नसकेको हो ।

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा एनएलजीले २० करोड १० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको १७ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.३४ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँबाट १ अर्ब ८५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ५७.४८ प्रतिशतले बढेको हो ।

खुद नाफाभन्दा चुक्ता पूँजी धेरै बढेका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ २९ पैसाले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा इन्स्योरेन्सको प्रतिशेशयर आम्दानी २७ रुपैयाँ २२ पैसा रहेकोमा गत आर्थिक वर्षको अन्त्यमा १८ रुपैयाँ ९३ पैसा मात्र कायम भएको छ । यद्यपी इन्स्योरेन्सले भने वित्तीय विबरणमा ६० प्रतिशत हकप्रद निष्काशन गर्नु पहिलेको चुक्ता पूँजीका आधारमा प्रतिशेयर आम्दानी गणना गरी ३१ रुपैयाँ ३९ पैसा रहेको देखाएको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको व्यवसायमा झण्डै २२ करोड रुपैयाँको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ८१ करोड ९३ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यमा ५९ करोड ८५ लाख २३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीमा सामान्य सुधार देखिएको इन्स्योरेन्सको व्यवस्थापन खर्च र खुद बीमा दाबी भुक्तानीको आकार घटेको छ ।

Particulars NLG Insurance  ( Rs in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 1,008,542 640,406 57.48%
Reserve and Surplus 310,956 198,348 56.77%
Net Profit 201,047 174,299 15.35%
EPS (In Rs.) 19.93 27.22 -26.76%
Net Worth per Share (In Rs.) 219.7 254.69 -13.74%
Insurance Fund 896,310 792,269 13.13%
Contingent Fund 75,594 63,082 19.83%
Gross Premium 1,735,111 1,665,571 4.18%
Net Premium 598,523 819,322 -26.95%
Re-Insurance Commission Income 253,814 236,837 7.17%
Income from Investment, Loan and others 77,132 76,036 1.44%
Claim Payment (Net) 498,061 551,187 -9.64%
Agent Commission 56,808 53,136 6.91%
Gross Profit 273,887 190,880 43.49%
Qtr End PE Ratio 32.96 27.99 17.76
No of Policies 169,837 171,164 -0.78%

 

अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५५ करोड ११ लाख ८७ हजार रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यमा ४९ करोड ८० लाख ६१ हजार रुपैयाँ मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन, पुनर्बीमा कमिशन वापतका खर्चको आकार बढेको इन्स्योरेन्सले ५ हजार ४६५ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ८६२ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ ।

समीक्षा अवधिमा १९ करोड ८३ लाख ४८ हजार रुपैयाँको जगेडा कोषलाई ३१ करोड ९ लाख ५६ हजार रुपैयाँ पुर्याएको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ३५७ रुपैयाँ ८० पैसा रहेको देखाइएको छ । ६० प्रतिशत हकप्रद पछिको चुक्ता पूँजीमा प्रतिशेयर नेटवर्थलाई समेत गणना गरिएको छैन ।

इन्स्योरेन्सले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ लाख ६१ हजार कित्ता शेयर लिलामीबाट बिक्री गरिरहेको छ । आज अर्थात साउन २९ गते बिहीबार इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन हो ।

एनएलजी इन्स्योरेन्सको लाभांश लिलामी शेयर सकार्नेले पनि पाउने

एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार कित्ता शेयरको लिलामीमा

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।