एनएलजी इन्स्योरेन्सको लाभांश लिलामी शेयर सकार्नेले पनि पाउने

0
Shares

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको साउन २३ गतेको सञ्चालक समितिको बैठकले हालै बिक्री गरेको हकप्रद शेयर पछि कायम हुने चुक्ता पूँजीमा उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ । इन्स्योरेन्सको हकप्रदमा नबिकेको शेयर लिलामी प्रक्रियामा छ ।

इन्स्योरेन्सले चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ। जसअनुसार ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ।

साथै, कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने कम्पनीले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।