२५ वाणिज्य बैंकको वितरणयोग्य नाफा ४१ प्रतिशतले घट्यो, विस्तृत वित्तीय विवरण सहित


गत आर्थिक वर्ष ०७६/०७७ मा २५ वाणिज्य बैंकको वितरणयोग्य नाफा २८ अर्ब ४६ करोड २ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा बैंकहरुको वितरणयोग्य नाफामा ४१ प्रतिशतले गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको वितरणयोग्य नाफा ४८ अर्ब २२ करोड ९१ लाख रुपैयाँ थियो ।

कोरोना संक्रमणका कारण बैंकहरुको कार्य सम्पादन प्रभावित हुँदा आम्दानी घटेको हो । जसका कारण बैंकहरुको खुद नाफा पनि घट्यो । जसको परिणम स्वरुप बैंकहरुको वितरणयोग्य नाफामा पनि गिरावट आएको हो ।

गत आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणका कारण चौथो त्रैमासमा आर्थिक गतिविधि ठप्पप्राय अवस्थामा रह्यो । जसका कारण बैंकहरुले लगानी बिस्तार गर्नेदेखि कर्जा असुलीमा असर पर्दा नाफा घटेको हो ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २५ बैंकले सार्वजनिक गरेको वित्तीय विबरण अनुसार जोखिम व्यवस्था वापत धेरै रकम व्यवस्था गर्नु परेकाले नाफामा थप असर गरेको हो ।

नेपाल राष्ट्र बैंकहरुलाई निर्देशन जारी गर्दै कर्जाको पुनरतालिकीकरण र पुर्नसंरचना गर्ने, व्याजदरमा छुट दिने, व्याज पूँजीकरण गर्ने, असोज मसान्तसम्मको आम्दानीलाई असार मसान्तमा देखाउन पाइने, कर्जाको अवधि लम्ब्याउने लगायतका नीतिगत व्यवस्थाले बैंकहरुको आम्दानी झनै प्रभावित भएको हो ।

त्यसै गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोनाका कारण अस्तव्यस्त रहेको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि बैंकहरुलाई माध्यम बनाउँदा बैंकका लगानीकर्ताको अपेक्षित प्रतिफलमा ह«ास आउने अवस्था उत्पन्न भएको हो ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ४९ अर्ब ४८ करोड रुपैयाँ कुल नाफा गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११.१९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५५ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

गत आर्थिक वर्षमा २५ वाणिज्य बैंकहरुले २१ अर्ब ५ करोड ४२ लाख रुपैयाँ सरकारलाई आयकर तिरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ८.८१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २५ वाणिज्य बैंकले २३ अर्ब ८ करोड रुपैयाँ आयकर तिरेका थिए ।

गत आर्थिक वर्षमा २५ वाणिज्य बैंकले ३ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् । यो व्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ११.३५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले २ खर्ब ८५ अर्ब ७१ करोड व्याज आम्दानी गरेका थिए ।

गत आर्थिक वर्षमा २५ वाणिज्य बैंकहरुले १ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ व्याज खर्च गरेका छन् । यो व्याज खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले १ खर्ब ५७ अर्ब ५९ करोड व्याज खर्च गरेका थिए ।

गत आर्थिक वर्षमा बैंकहरुले २१ अर्ब ९९ करोड रुपैयाँ फी तथा कमिशन आम्दानी गरेका छन् । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले उक्त शीर्षकमा २१ अर्ब १५ करोड रुपैंया आम्दानी गरेका थिए ।

गत आर्थिक वर्षमा २५ वाणिज्य बैंकले ३९ अर्ब ७० करोड ७९ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेका छन् । बैंकहरुको यो खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा ११.७१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले यो शीर्षकमा ३५ अर्ब ५४ करोड ६९ लाख रुपैंया खर्च गरेका थिए । यो कर्मचारी खर्च बोनस सहितको हो ।

कृषि विकास बैंक र प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण सर्वजनिक गर्न बाँकी छ । २५ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा कस्तो वित्तीय पस्किए ? सूचीमा राखिएका लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ ।

इन्भेष्टमेन्ट बैंकले साढे दुई अर्ब नाफा कमाउँदा बाड्न मिल्ने ६५ करोड