रिलायन्स लाइफको IPO मा ५३ हजार जनाबाट २६ करोडको आवेदन, मेरो शेयर नचल्दा आवेदक प्रभावित


बिहीबारदेखि निष्काशन भएको रिलायन्स लाइफको साधारण शेयरमा पहिलो दिनमा ५३ हजार जनाले आवेदन गरेका छन् । बिहीबार ४ बजेसम्ममा ५३ हजार जनाबाट २६ करोड रुपैंयाको शेयर आवेदन परेको इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

इन्स्योरेन्सले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ । ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।

बिहीबार दिनभर मेरो शेयर नचलेका कारण लगानीकर्ताले कम्पनीहरुको साधारण शेयरमा आवेदन गर्न सकिरहेका छैनन् । एकै पटक तीन कम्पनीको शेयर निष्काशन भएकाले मेरो शेयरमा ठुलो संख्यामा लगानीकर्ता आएका कारण सिष्टम डाउन भएको सिडिएससीले जनाएको छ । व्याण्डविथ थपिएको भनिए पनि साँझसम्म मेरो शेयर साविकको अवस्थामा सञ्चालन हुन सकिरहेको छैन ।

रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । सार्थै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने जनाउँछ ।

हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

तीन कम्पनीको आईपीओका आवेदक धान्न नसके पछि सिडिएससीको मेरो शेयर बन्द

आईपीओ आउँदै गरेको रिलायन्स लाइफको यस्तो छ तीन वर्षको प्रगति

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।