मेरो शेयर नचल्दा लगानीकर्ताले आईपीओ आवेदन गर्न सकेनन्, लिवर्टीमा ५२ हजारले गरे आवेदन


मेरो शेयरमा देखिएको समस्याका कारण बिहीबार साधारण शेयरमा आवेदनहरुले सहजै मेरो शेयर चलाउन सकेनन् । यसै बिच सर्वसाधारणमा शेयर निष्काशन गरिरहेको लिवर्टी इनर्जीको साधारण शेयरमा बिहीबार साँझसम्ममा ५२ हजार २४९ जनाले आईपीओ माग गरेका छन् ।

लिवर्टीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझसम्ममा कम्पनीको २० करोड ३७ लाख ४२ हजार रुपैंयाको शेयर बिक्री भएको हो ।

मेरो शेयरमा दिउँसो अधिक चाप परेकाले साँझ तथा बिहानको समयमा प्रयोगकर्ता कम हुने भएकाले आवेदन गर्नेहरुलाई केही सहज हुने सिडिएससीले जनाएको छ ।

तीन कम्पनीको आईपीओका आवेदक धान्न नसके पछि सिडिएससीको मेरो शेयर बन्द

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्काशन गरेर अवितरित १३ लाख १५ हजार ९३० कित्ता समेत थपेर ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफ्टवेयर मार्फत न्यूनतम १० कित्ताका देखि अधिकतम २ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ।

आईपीओ निष्काशन छिटोमा भदौ ७ गते बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भदौ १७ गतेसम्म आवेदन गर्न सकिनेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना करिब ९८ प्रतिशत सम्पन्न गरिसकेको छ । कार्तिक मसान्तसम्ममा आयोजनाको सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ।

कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार छ भने प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ।

कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रूपैयाँ हुनेछ। जसमध्ये संस्थापक समूहको ७५ प्रतिशत हुनेछ भने स्थानीय बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।