नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापकमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले प्रतिफल वितरणका लागि बुकक्लोज निर्धारण गरेका छन्।
दुबै फण्डले आर्थिक वर्ष २०७६।७७ को प्रतिफलका लागि यहि भदौ २५ गते बिहीबार बुकक्लोज गर्ने भएका हुन्। यसअनुसार भदौ २४ गते बुधबारसम्म कायम रहने इकाइधनीले नगद लाभांश पाउनेछन् ।
भदौ १० गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाईधनीहरुलाई ६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया