रिलायन्स लाइफको आईपीओ शेयरधनीको खातामा, आगामी साताभित्रै कारोबार खुल्दै

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ शेयरधनीको खातामा प्राप्त भएको छ । यससँगै कम्पनीको धितोपत्र आगामी सातादेखि शेयर कारोबारमा आउने भएको छ ।

इन्स्योरेन्सको शेयर आरएलआई (RLI) संकेतमा लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।

 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ देखि ८ गतेसम्म कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता आईपीओ जारी गरेर १२ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमध्ये गोलाप्रथाबाट कूल ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले आईपीओ शेयर प्राप्त गरेका थिए ।

रिलायन्स लाइफको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल
रिलायन्स लाइफको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्
रिलायन्स लाइफ इन्स्योरेन्सका कर्मचारीले कति पाए शेयर ?
रिलायन्स लाइफ र समाज लघुवित्तको आईपीओ खुल्यो, कति गर्ने आवेदन ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।