रिलायन्स लाइफ र समाज लघुवित्तको आईपीओ खुल्यो, कति गर्ने आवेदन ?

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्ती संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरको बिक्री आजबाट खुला भएको छ ।

समाज लघुवित्तको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७ सय तथा रिलायन्स लाइफको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आएको हो ।

समाज लघुवित्त

समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये संस्थाका कर्मचारीका लागि एक हजार र सामूहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता छुट्याएर सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर बिक्रीमा आउन लागेको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  विगतमा आईपीओमा परेको आवेदनहरुलाई आधार मान्दा समाज लघुवित्तको आइपीओमा १० कित्ता मात्र आवेदन गर्दा उपयुक्त हुनेछ । त्यही १० कित्ता शेयर पाउन पनि भाग्यको भर पनुपर्ने हुन्छ ।

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६३ करोड बराबरको ६३ लाख कित्ता शेयर आईपीओ निष्काशन गरेको हो । जसमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

विगतका आइपीओहरुमा परेका आवेदन संख्याहरुको आधारमा हेर्दा यो कम्पनीको आइपीओमा २० कित्ता अर्थात २ हजार रुपैयाँको आवेदन गर्दा नै प्रशस्त हुने देखिन्छ । यसमा आवेदन गर्ने लगानीकर्ता सबैले कम्तिमा १० कित्ता शेयर पाउने निश्चित जस्तै छ । भाग्यमानी लगानीकर्ताले २० कित्तासम्म शेयर पाउने भएकाले २० कित्ता शेयरका लागि आवेदन गर्नु उपयुक्त देखिन्छ ।

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । सार्थै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने जनाउँछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

कहाँ गर्ने आवेदन ?

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। । यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्। । तर देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएकाले मेरो शेयर सफ्टवेयर प्रयोग नगर्ने लगानीकर्तालाई भने समस्या हुने देखिएको छ।

कति गर्ने आवेदन ?

पछिल्लो चरणमा निष्कासनमा आएका आईपीओमा परेको आवेदनलाई आधार मान्दा जुनुसुकै कम्पनीको आईपीओमा पनि चार लाख हाराहारीमा आवेदन पर्ने गरेको देखिन्छ । धितोपत्र शेयर निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपीओ आवेदन गर्ने लगानीकर्तालाई १० कित्ताका दरले बाँडफाँड गरिने भएकाले अहिले निष्काशनमा आईपीओ हरुमा पनि चार लाख हाराहारीको आवेदन पर्ने अनुमान गर्न सकिन्छ ।

यसकारण समाज लघुवित्तको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित छ । चार लाख कै हाराहारीमा आवेदन परेमा भने रिलायन्स लाइफको आइपीओ केहि लगानीकर्ताहरुले २० कित्तासम्म हात पार्ने अवस्था रहन्छ।

लगानीकर्ताले समाज लघुवित्तको आईपीओमा १० कित्ता अर्थात एक हजार रुपैयाँ तथा रिलायन्स लाइफको आईपीओमा २० कित्ता अर्थात २ हजार रुपैयाँका दरले आवेदन गरे उपयुक्त देखिन्छ । रिलायन्स लाइफमा २० कित्ताका दरले आवेदन गरेमा गोलाप्रथाबाट १० कित्ता शेयर पाउने सम्भावना रहन्छ।

लिवर्टी इनर्जीको आईपीओ खुल्यो, अधिकतम् २ लाख कित्तासम्म भर्न पाइने

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।