बुधबार शेयर बजार मापक सूचक नेप्से ९.३७ अंकले बढेर १ हजार ५५५ दशमलव ५२ अंकमा बन्द भएको छ । नेप्से बढेपनि आज मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार १९४ कम्पनीका ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर ४१ हजार ६२० पटक किनबेच हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार २ अर्ब ८१ करोडको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १ अर्ब ९ करोड बढीले घटेको हो ।
कारोबारमा आएका १२ उपसमूहको परिसूचकमध्ये होटल्स मात्र ऋणात्मक भएको छ बाँकी सबै सूचक उकालो लागेका छन्। जलविद्युत २.८० प्रतिशतले बढ्दा विकास बैंक र वित्तमा पनि १ प्रतिशत धेरैको वृद्धि आएको छ ।
बुधबार कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्तानमा रहेको छ। कम्पनीको सबैभन्दा बढी १० करोड ८५ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल बैंक ९ करोड ५९ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनी ८ करोड ७३ लाख, र अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६० लाखको शेयर कारोबार भयो।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-09-23 15:00:00 | |||
SICL | 108,598,045.00 | 1,349.00 | |
NBL | 95,939,703.00 | 324.00 | |
NRIC | 87,323,701.00 | 869.00 | |
AHPC | 56,071,059.00 | 180.00 | |
RLI | 44,664,106.00 | 662.00 | |
KBL | 40,666,947.00 | 205.00 | |
NLIC | 39,692,011.00 | 1,387.00 | |
NIL | 36,595,692.00 | 827.00 | |
AKPL | 35,541,323.00 | 200.00 | |
UPPER | 31,549,604.00 | 275.00 |
रिलायन्स लाइफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल लाइफ, नेको इन्स्योरेन्स, अरुण काबेली र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको पनि ३ करोड बढीको शेयर कारोबार भएको छ ।
अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्य बढेर शीर्ष दशभित्र सबै हाइड्रोको स्क्रिप्ट मात्रै रहेको आजको बजारमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्गका शेयर लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै साढे ३ प्रतिशतले गुमाएका छन् ।
जलविद्युत कम्पनीको शेयरमूल्यमा उछाल, उच्च कमाउनेमा अधिकांश हाइड्रोपावर
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया