जनरल इन्स्योरेन्सको आईपीओ ५ लाख २४ हजार आवेदकले पाएनन्

0
Shares

जनरल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको आईपीओ असोज २० गते मंगलबार बाँडफाँड भएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा कम्पनीको शेयर २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।

आईपीओमा आवेदन गर्नेमध्ये ५ लाख २३ हजार ७३४ जना आवेदकको हात खालि भएको छ।

इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेका थियो । जसमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

शेयर बाँडफँडको नतिजा केहि बोरमा नोटबजार डटकममा प्रकाशित हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।