सनराइज बैंकद्धारा १३ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग


सनराइज बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ ।

शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका छन् ।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ता कपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि १ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।