जापानी खाना “बेन्तो” भाटभटेनी नक्सालमा


होटल पार्क भिलेजले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना “बेन्तो” नेपाली बजारमा पहिलो पटक ल्याएको छ । आज (असोज २३ गते) देखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने बताइएको छ । उक्त खाना होक्काइडो रामेन हाउसअन्तर्गत बन्ने छ । भाटभटेनी सुपरमार्केटमा बिक्री गरिने ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पार्ने बताइएको छ ।

तरकारीहरू आफ्नै बारीमा फाउँने र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पु¥याइ छान्नेछ जानकारी दिइएको छ । बेन्तो होक्काइडो रामन हाउसको सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार हुने बताइएको छ । अहिले बेन्तो नक्सालको भाट भटेनीमा मात्र उपलब्ध हुने रामेन हाउसले जनाएको छ । तर निकट भविष्यमा नै भाटभटिनीका अन्य शाखाहरुमा पनि उपलब्ध हुने बताइएको छ ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिए । ‘हामीले जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं ।’ अधिकारीले भने, ‘हामी भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका छौं । बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिन्छौं ।’

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार समावेश गरिएको हुन्छ ।
होक्काइडो रामेन हाउसको मूल उद्देश्य नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु रहेको बताइएकोे छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।