स्कर्टस निर्माण उपकरणको दशैं तिहार उपहार, भरमार अफर


नेपालका लागी स्कर्टस कन्स्ट्रक्सन इक्विपमेण्टको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले स्कर्टस् मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ ।

अफर अन्र्तगत स्कर्टसका पनि मेसिनको खरिदमा ग्राहकले यासुदा ब्राण्डका होम अप्लाइन्सेज प्याकेज पाउनुको साथै थप छुट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्षित गर्दै सुरु गरिएको जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधा पनि दिने जनाएको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहकलाई अझ सहज हुने विश्वास कम्पनीले लिएको छ ।

स्कर्टस ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो । साथै ब्याको लोडर, रोलर र कम्प्याक्टर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।