लगानीकर्ताका लागि हाते पुस्तक, सूचीकृत कम्पनीहरुका विवरण विद्युतीय माध्यमबाट बुझाउने व्यवस्था

0
Shares

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक सार्वजनिक गरेको छ । लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र ईआरआरएस प्रणालीको अनावरण बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले गरेका हुन ।

बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हासिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आमलगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० तयार गरी प्रकाशन गरेको जनाएको छ ।

त्यस्तै सूचिकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्था अनुरुप बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत पेश गर्नसक्ने प्रणाली समेत प्रयोगमा ल्याएको छ ।

यस व्यवस्थाबाट अव बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सूचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्नेछन ।

वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शव्दावली आदि समेटिएको धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानीसम्बन्धी सुसूचित निर्णय लिन सहज हुने कुरामा बोर्ड विश्वस्त रहेको छ ।

त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुलेसमेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ईआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्यगतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउंदै लैजाने छ ।

यसप्रणालीको प्रयोगबाटबजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुकोकानुन परिपालना लागतमा कमी आउने र बोर्डले लगानीकर्ताको सुसूचित हुन पाउने अधिकारलाई समेत दृष्ट्रिगत गरी संचालनमा ल्याइएको विद्युतीय विवरण प्रवाह तथा प्राप्ती प्रणाली एवं हाते पुस्तकको प्रकाशनबाट आमलगानीकर्ताहरुले धितोपत्रमा गर्ने लगानी सुसूचित हुन गई धितोपत्र बजार स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।