काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।







