क्लब हिमालय नगरकोट पुनः सञ्चालनमा आयो, दशैंमा छुट अफर


कोभिड १९ का कारण लगाइएको लकडाउनसँगै बन्द रहेको

नगरकोटको होटल क्लब हिमालय उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ ।

पाहुनाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने गरि क्लब हिमालय सञ्चालनमा आएको हो । ७२ घण्टा रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने व्यवस्था गरिएको क्लब हिमालयले जनाएको छ ।

पुनः सञ्चालनमा आएको अवसरमा चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा ११ हजार नेपाली रुपैंयाको प्याकेजलाई एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ । जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ ग्लास वाइन लगायत अन्य सुविधाहरु समेत लिन सकिने क्लब हिालयले जनाएको छ ।

२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४० वर्षदेखि सेवा दिँदै आएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।