आइएमईले ‘भरोसा कोष’, मार्फत विदेशमा कोरोनाबाट ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने


कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ स्थापना गरेको छ ।

कोषमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने आफन्तहरूले आवश्यक विवरण सहित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै सवै प्रदेशमा रहेका प्रादेशिक कार्यालयहरूमा आगामी कार्तिक मसान्तसम्म आवेदन दिनु पर्ने बताइएको छ ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराउने आईएमइले जनाएको छ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुने आईएमइले जनाएको छ ।

चाड पर्व लक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय अनुसार कोषबाट सहयोग गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।