महालक्ष्मी विकास बैंकका ऋणीलाई दशैंको अवसरमा व्याज रकममा छुट


महालक्ष्मी विकास बैंक (MLBL) ले कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई व्याज छुट दिने भएको छ ।

कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुलाई यस्तो छुट दिन लागिएको बैंकले जनाएको छ ।

असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गर्ने ऋणीहरुलाई भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तसम्ममा व्याज तिर्ने ऋणीहरुलाई दिने जनाएको छ ।

बैंकको सबै १०३ वटा शाखा मार्फत यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।