सिभिल लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज


सिभिल लघुवित्तले लिलामीमा राखेको सर्वसाधारण तथा संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लघुवित्तले शतप्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलामीमा राखेको हो ।

अक्सन मार्केटमा पनि लगानीकर्ताको चासो बढ्दो, मेगा बैंकको शेयर लिलामीमा ५ हजार बढी आवेदन

कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

लिलामी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिशेयर १०० रूपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । 

शिलबन्दी बोलपत्रहरु पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्ताका तथा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

गुराँस लाइफको लिलामी शेयर खातामा नआउँदै ‘कटअफ’ भन्दा तल झर्यो मूल्य

शिलबन्दी बोलपत्रहरु कम्पनीको शेयर बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट, घोराही तथा महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिने प्रबन्ध मिलाइएको छ ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामी बिक्रीमा ल्याइएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।