एडीबीको “नेपालमा अग्रणी पार्टनर बैंक” अवार्ड नबिल बैंकलाई


नबिल बैंकले एसियाली विकास बैंक, ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम(टीएससीएफपी) २०२० को नेपालको अग्रणी पार्टनर बैंकको रूपमा अवार्ड पाएको छ । एशियालि विकास बैंकको टीएससीएफपी द्वारा व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपी संग सबैभन्दा बढी कारोबार गरेको रेकर्ड थियो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।