बैंकहरुले कर्जा असुलीलाई प्राथमिकता दिँदा ऋण प्रवाह ३ अर्बले घट्यो


बैंकहरुले कर्जा असुलीमा जोड दिँदा पछिल्लो साता बैंकहरुको ऋण प्रवाह रकम नै ३ अर्ब रुपैयाँले घटेको छ । बैंकहरुले कात्तिक महिनाको दोस्रो सातामा १८ अर्ब निक्षेप संकलन गर्दा ३ अर्ब रुपैयाँले कर्जा घटेको हो ।

गत आर्थिक वर्षको ब्याज तथा साँवा चालु आर्थिक वर्षको असोजसम्ममा ब्याज आम्दानीलाई गत आर्थिक वर्षको नाफा देखाउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो ।

कोरोना प्रवाभित ऋणीहरुबाट कर्जाको व्याज तथा साँवा असुली गर्न ऋणीलाई दबाव नदिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार मात्रै निर्देशन गरेको छन् । कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएपछि ऋणीहरु पनि समस्यामा परेको हुनाले केही नीतिगत सहजताको बाटो नेपाल राष्ट्र बैंकले अबलम्बन गरेको छ । कोडिभबाट कम प्रभावित ऋणीहरुबाट भने बैंकहरुलाई कर्जा असुलीका लागि समेत राष्ट्र बैंकले आग्रह गर्दै आएको अवस्था छ ।

तरपनि बैंकहरुले कर्जा रिकभरीको पक्षलाई प्राथमिकतामा नै राखेको हुनाले कात्तिक महिनाको दोस्रो सातामा बैंकहरुको कर्जा घटेको हो । कर्जा घट्ने तथा आर्थिक गतिविधि पनि सीमित भएका कारण बैंकहरुमा निक्षेप भने बढ्न गएको छ । कात्तिक महिनाको दोस्रो सातामा मात्र वाणिज्य बैंकहरुले १८ निक्षेप संकलन गरेका छन् ।

चाडबाड नजिकिँदै गएपछि सरकारले पनि लकडाउन र निषेधाज्ञालाई हटाएर पनि जनजीवन समान्य हुन नसक्दा आर्थिक गतिविधिमा सुधार सकेको छैन । यो अवधिमा दशैंका कारण विदेशमा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउँदा निक्षेपमा बढेको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा बैंकहरुले एक खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । सोही अवधिमा बैंकहरुले एक खर्ब ३० अर्ब कर्जा रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।

कात्तिक १४ गतेसम्ममा बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर पुगेको ३० खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको कात्तिक महिनाको पहिलो साताको अन्तेमा बैंकहरुले १६ अर्ब १५ रुपैयाँ निक्षेप संकलन गरेर ३० खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।